गोकर्ण पौड्याल

– (कंप्यूटर इन्जिनीयर)

  • ल्यापटपमा ब्याट्री को आयु कसरि बढाउने

    ल्यापटपको ब्याट्री ब्याकअप त्यो ब्याट्रीको लाइफ सँग पनि सम्बन्धित हुन्छ। साधारणतया ल्यापटपको ब्याट्री तीन–चार वर्षमा फेर्न पर्ने हुनसक्छ। तर, केही निश्चित तरीका अपनाउने हो भने ब्याट्रीको आयु बढाउन सकिन्छ। ब्याट्री को आयु लाइ साइकलमा नापिन्छ साइकल भनेको कतिपटक पूर्ण रुपमा चार्ज गरियो र कतिपटक पूर्ण रुपमा चार्ज सिध्याइयो भन्ने चक्र हो।

    तरपनि यी केहि कुरामा ध्यान दिन सक्यौ भने अझै केहि लामो समय सम्म ब्याट्रीको आयु बढाउन सकिन्छ

  • स्क्रिन को ब्राइटनेस डिम गर्ने

    ल्याप्टप को ब्याट्री डिस्प्लेको धेरै उज्यालो ले गर्दा पनि चाडै सकिने हुन्छ , यहि डिस्प्ले को चम्किलोपन लाइ कम गरेर पनि ब्याट्री लाइ केहि हद सम्म टिकाउन सकिन्छ ।

  •  एकैपटक धेरै प्रोग्राम नखोल्ने

    ल्यापटपमा काम गर्दै हुनुहुन्छ भने एक पटकमा एउटै मात्र काम गर्नुहोस् । एक पटकमा धेरै प्रोग्रामहरु चलाउनाले ब्याट्री धेरै खपत हुन्छ ।

  • एक्सटर्नल ड्राइभको कम प्रयोग गर्ने

    ल्यापटपमा एक्सटर्नल ड्राइभ जस्तै पेन ड्राइभ, हार्ड डिस्क, सिडि, डिभिडी, कार्ड रिडर आदीलाई काम सकिने बित्तिकै निकाल्न पर्छ। लागातार यस्ता एक्सटर्नल ड्राइभ ल्यापटपमा जोडी राखेमा छिटो ब्याट्री सकिने हुन्छ ।

  • ल्यापटपलाइ हाइबर्नेट मोड मा प्रयोग

    यदि तपाईले ब्याट्रीको टिकाउको निम्ती ल्यापटपलाई स्ट्यान्डबाई मोडमा राख्नुभएको छ भने यस्लाई हाइबर्नेट मोडमा राख्ने गर्नुहोस् । हाइबर्नेट मोडमा स्ट्यान्डबाई मोडमा भन्दा धेरुै पावर बचत हुन्छ ।

  • ब्याकलीट किबोर्ड अनाबस्यक प्रयोग नगर्ने

    खास गरेर कीबोर्डमा ब्याकलिट गुण भएका ल्यापटपहरूमा ब्याकलिट अन गरेर चलाउँदा धेरै ब्याट्री प्रयोग हुनेभएकाले अत्यावश्यक समयमा मात्र अन गरेर चलाउने गर्न पर्दछ ।

  • प्रयोग हुने समयमा मात्र वाईफाई र बुलुटुथ अन गर्ने

    वाईफाई र बुलुतुथ सधैं खुल्ला भएको खण्डमा कनेक्सन नभएको समयमा पनि कनेक्सन (सर्च) गर्ने काम भइरहन्छ। यस कारण ब्याट्री चाँडै नै सकिन्छ। त्यसैले वाईफाई र बुलुतुथको प्रयोग नभएको खण्डमा बन्द गर्ने

  • ध्यान पुर्याउन पर्ने कुराहरू

    यदि तपाई इन्टरनेटमा काम गरिराख्नु भएको छ र ल्यापटपको प्रयोग गर्नु भएको छ भने, कुनै कुरा पनि बन्द नगर्नुहोस यसो गर्नु भयो भने तपाइको काम हराउन सक्छ ।

  • आफ्नो वर पर नभएको बेलामा ल्यापटप चार्ज गरेर नछोड्नुहोस ।

    यदि तपाई लामो समय सम्म ल्यापटप प्रयोग गरि राख्न चाहनुहुन्छ भने तपाईको ल्यापटप छिटो तात्ने र छिटै ब्याट्री सकिने समस्या देखीन सक्छ ।

SHARE