काठमाडौँ : लगातारको वर्षाले गर्दा बाढी र पहिरोको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागले गएरातीदेखि भारी वर्षा भएकाले तिनाउ र बबई नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन आग्रह गरेको छ ।

नदीमा बाढी आउन सक्ने भएकाले सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र बबई तथा यिनका सहायक नदीहरुमा बहाब बढ्ने र केही साना नदीमा आकस्मिक बहाब भई डुबान हुन सक्ने भएकाले सतर्क हुन महाशाखाले आग्रह गरेको हो । यसका साथै बहाब बढ्ने र बाढीको सम्भावना रहेका नदीबारे महाशाखाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

SHARE