प्रदीप सुवेदी,
पर्वतको भवानी विद्यापीठ माविमा स्कुल बस संचालित हुने भएको छ ।
फलेवास नगरपालिकाको सहयोगमा नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा विद्यालय भर्नाका लागि दोधार नयाँ विद्यार्थीलाई सहज होस् भनेर प्रभावित क्षेत्र शंकरपोखरी ,मुडिकुवा,देवीस्थान ,कुर्घा ,लिमिठाना,ठानामौलाका विद्यार्थीलाई मध्येनजर गर्दै भवानी विद्यापीठ ले यो कदम चालेको हो ।

चाहेर पनि विद्यालयसम्म आउन कठिन भएका विद्यार्थीको लागि अत्यन्तै खुशी र अवसरको विषय बनेको छ। यो क्षेत्रकै अब्बल मानिएको यस विद्यालयमा विद्यार्थीको आकर्षक दिनानुदिन बढ्दै गएको यस विद्यालयका शिक्षक
कृष्णराज पौडेल  बताउनुहुन्छ ।

अंग्रेज़ी र नेपाली दुबै माध्यममा पढाइ हुने यो विद्यालयमा विज्ञान ,शिक्षा र ब्यवस्थापन विषयको अध्यापन हुँदै आइरहेको छ।
सामुदायिक विद्यालय तर्फ नेपालभरि तेस्रो स्थान हासिल गरी नमुना विद्यालय बन्न सफल भएको यस विद्यालय असल पठनपाठन , उच्च स्तरबाट शिक्षक को मिहेनत र लगनशील साथै समुदायको सहयोग दिनानुदिन बढ्दै छ ।

विद्यालयका प्रअ अर्जुन कुमार रेग्मी भन्नुहुन्छ ,  हाम्रो सिकाइ पाठ्यपुस्तकमा मात्र सिमित छैन । पाठ्यक्रममा आधारित भएर प्रविधिमैत्री सिकाइ को लागि दिनरात लागि परेका छौं ।
घुलमिल र गृहकार्यलाई मात्र नथोपरी कक्षामा नै प्रोजेक्ट वर्क, समूह कार्य, अवलोकन भ्रमण गराउने गरिएको छ । व्यवस्थित पुस्तकालय, कम्प्युटर ल्याबको व्यवस्था, दण्डरहित शिक्षामा जोड, शिक्षक विद्यार्थी बीच पारिवारिक र आत्मिय सम्बन्ध विकास गरिएको छ । गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड, नैतीक, सामाजिक, सांस्कृतिक शिक्षा र सीपयुक्त जीवनोपयोगी शिक्षामा जोड दिने गरिएको छ ।
विद्यालयमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति साथै पारिवारिक स्थिति कमजोर भएका विद्यार्थीलाई उचित सुविधा पनि दिएको छ ।
हाम्रो विद्यालयका शिक्षकहरुका लागि एक शिक्षक एक ल्याप्टप को व्यवस्था पनि गरेका छौं ।
चामंगृह ( क्यान्टिन) को व्यवस्था विद्यालयको कम्पाउन्ड भित्र गरेर विद्यार्थी को स्वास्थ्य मा उचित ख्याल राखेर हरक क्षण निगरानी गरिएको छ ।
विद्यार्थीको चाप बढी हुँदै गएकोले बिद्यालय नजिक क्षेत्रमा होस्टेल को पनि व्यवस्था गरिएको छ ।
ऐले बस सञ्चालन गर्ने राम्रो अवसर मिलेको हुँदा विद्यार्थी टाढा बाट पनि सहज ढंगबाट पढ्न र उचित शिक्षा लिन आउँछन् ।
कोरोना को महामारीलाई मध्यनजर गरेर विद्यार्थीलाई असहज भएको खण्डमा अनलाइन मार्फत पनि सिकाइ दिँदै आएका छौं ।

बाल अधिकार तपाईंसित र तपाईंको भविष्य असल र उचित सिक्षा दिन सक्ने विद्यालयको हातमा छ , आफै मार्गचित्र बनाइ विद्यालय रोजौ ।

SOURCESprasa media
SHARE