सुदिप सुवेदी
जेठ ११ २०७८

नेपाल विद्यार्थी संघले आज टाँडी चोकमा संसद विघटनको विरुद्दमा प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा संसद विघटन गरेको भन्दै राष्ट्रपति विध्यादेबी भन्डारी तथा प्रधानमन्त्री केपि शर्मा ओलिको पुत्ला दहन कार्यक्रम सम्पन्न गरेको जिल्ला उपसभपति आयुष चन्द श्रेष्ठ
जानकारी दिनुभयो ।

बिरोध प्रदर्शनी गर्दागर्दै प्रहरीसंगको झडपमा केही नेता घाईते पनि भएका छन । मध्यरातमा संबिधान बिरोधि काम गरेको तथा नागरिकता बिधेयक पनि चकलेट जसरी नागरिकता बाढ्न ल्याइएको भन्दै विद्यार्थीहरुले बिरोध गरेका हुन ।

कार्यक्रममा नेबिसंघका जिल्ला तथा स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

SHARE