वैशाख २७, गैँडाकोट । नेपाली कांग्रेस वडा समिति गैँडाकोट ५ ले कोभिड १९ नियन्त्रणमा गैँडाकोट नगरपालिका गम्भिरतपूर्वक नलागेको आरोप लगाएको छ । नगरपालिका भित्र पिसिआर चेकजाँच गर्ने व्यवस्था नभएको, संक्रमितलाई उचित परामर्श नगरिएको, पिसिआर परिक्षण गर्न भरतपुर जानुपर्ने बाध्यात्मक अवस्थामा समन्वय नगरेको आरोप लगाएको छ । वडा सभापति गोविन्द घिमिरेद्वारा जारी विज्ञप्तीमा नगरपालिकामा निर्माण गरिएको २० शय्याको आईसोलेसन अपर्याप्त रहेको उल्लेख छ । साथै विज्ञप्तीमा गरिब, ज्यालादारीमा काम गर्दै गुजारा चलाएकाहरुका लागि राहतको व्यवस्था गर्न नगरपालिकासँग माग गरेको छ ।

SHARE