म बाग्लुङ्गको सामान्य परिवारमा हुर्केको मान्छे । मलाई पत्रकारीता र मिडिया हाउसमा काम गर्ने इच्छा नहुने कुरै भएन । काम माम अनि पढाई संगै जिवन लैजाने मेरो बाध्यता । सवै कुराको रहर र सपना बोकेर सदरमुकाम झरे । अनि मेरो यात्रा सुरु भयो पत्रकारीताको ।

२०६६ सालको अन्तिम अन्तिम तिरबाट मिडिया हाउसको अनुभव लिन पाएको थिए मैले । बाग्लुङ्ग बजारमा रहेको सयपत्री एफएममा एउटा हास्से कार्यक्रम ‘अन्द्राभुडी’ बाट सुरु गरेको मेरो यात्रा अहिले मिडिया हाउसमै छ । केन्द्र देखी मोफसलका प्रख्यात तथा विग मिडिया सम्म काम गर्ने अवसर पाएको छु । कतै समचार शाखामा, कतै कार्यक्रम शाखामा र धेरै बजार तथा प्रशासन शाखामा काम गर्ने अवसर पाएको म विगत केही बर्ष देखीनै बुटवलमा रहेको बुद्ध सामुदायिक टेलिभिजनमा बजार तथा प्रशासन शाखाको जिम्मेवार समाल्दै अएको छु ।

काम गर्न मिडिया हाउसको अन्यत्र शाखाभन्दा बजार तथा प्रशासन शाखा अप्ठारो शाखा रहेको मेरो बुझाइ छ । अझै पछिल्लो समयमा विश्वमै महामारीकै रुपमा फैलिएको कोरोना भाइरसले अरु क्षेत्रभन्दा मिडिया क्षेत्र उठ्नै नसक्ने गरी थला परेपछि यस शाखा झनै जटिल बनेको छ । अझै मोफसलमा आस्था र चिनारीका आधारमा दिने विज्ञापन रोकिय पछि त बन्द शिवाय केही नहुने देखिएको छ ।

यस्तो बेला श्रमाजिवी पत्रकार मारमा परेका छन । जिवनको उर्जावन उमेरको शक्ति मिडिया हाउसमै खनाएकाले पनि अन्यत्र जाउ कता जाउ यहि बसौँ तलव आउदैन । संस्था वोल्छ सरकार सुन्दैन, सरकार सुन्छ लागु हुदैन । त्यसैगरी थन्किएका छन बर्षै देखी पत्रकारका हक हितका कुरा र मिडिया हाउसका वेदनाका पोकाहरु ।

मिडिया हाउसले खर्च जुटाउन नसक्दा र मिडिया हाउस संचालकहरुले पनि नाफा नहुने भएपछि लगानी नगर्दा मिडियाको अवस्था नाजुक बन्दै गएको छ । कोभिडले थला परेको मिडिया हाउस सजिलै र छिट्टै उठ्ने सक्ने म देख्दीन । मिडियामा काम गर्नेले पनि अव विकल्प खोज्नेनै उत्तम उपाए देखेको छु । जे होला सो होला अहिले कोभिड–१९ संगै समना गरौँ । पछि सवै कुराको विकल्प खोजौँला ।

जय पत्रकारीता ।।

जय मिडिया हाउस ।।।

SHARE