सगुन पोष्ट,काठमाडौं । संसद विघटनविरुद्धको विरोध सभा सम्बोधन गर्दा गर्दै नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई चुप लाग्नुस् भनेपछि हंगामा भएको थियो ।

श्रेष्ठ बोल्दा बोल्दै धमलाले आर्को अन्तवार्ता गर्न थाले पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नोता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई थर्काएका हुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड(माधव समूहको आज विरोध सभा गरेको छ ।
काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो । सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको छ ।

SHARE