गोकर्ण पौड्याल,
आजको युगमा कम्प्यूटर हरेक कामको लागि उपयोगी बन्दै गएको छ यो समयमा कोभीड १९ को महामारिको कारण केही वीद्यालयहरुले अनलाइन कक्षा पनी सञ्चालनमा ल्याइरहेका छन् । यहि अनलाइन कक्षामा प्रयोग हुने कम्प्युटर,ल्यापटप तथा मोबाइलको स्क्रिनले आँखामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ ।
कम्प्यूटरमा नीरन्तर रुपमा पढ्दा वा काम गर्दा आँखा थाक्ने, टाउको दुख्ने, थकान बढ्ने, निन्द«ा नपर्ने, रिस उठ्ने जस्ता समस्या हरु देखा पर्न सक्छन् ।

कम्प्यूटरको स्क्रिनले स्टेटिक इलेक्ट्रीकल चार्ज उत्पन्न गराउने हुँदा धुलोका कणहरु आफू तिर तान्छ र ती कणहरु आँखा भीत्र पुग्छन् र आँखा सुख्खा हुने, चीलाउने तथा एलर्जी आउने जस्ता असरहरु देखा पर्छन ।
कम्प्यूटरको स्क्रिनमा देखिने अक्षर तथा आकृतिहरु विन्दु विन्दु मिलेर बनेका हुन्छन् र यी इलेट्रोनीक विन्दु लगातार हल्लीरहेका हुन्छन् निरन्तर स्क्रिनमा हेरीरहँदा आँखाले पनि चलायमान भएर यी विन्दुको गतिसँग तालमेल मीलाउँदा हामिले अक्षर ठिक सँग देख्न सक्छौँ त्यसैले आँखा चलिरहँदा थकित हुन जान्छ ।
अब कसरि जोगाउने त आँखालाइ ?

१.कम्प्युटर लगातार धेरै बेर नहेर्ने प्रत्येक आधा घण्टामा पाँच मिनेटको ब्रेक लिने ।
२.कम्प्युटर स्क्रिन र आँखाबीचको दूरी कम्तीमा २० इन्च राखेर काम गर्ने।
३. कम्प्युटरलाइ सूर्यको उज्यालोमा राखेर काम नगर्ने । धेरै उज्यालोमा पनि कम्प्युटर नहेर्ने टाउकोमाथिबाट तेज र चम्किलो प्रकाश नहोस् भन्नेमा ध्यान दिने ।
४. भुइँमा बसेर ल्यापटप वा कम्प्युटरमा काम नगर्ने, आँखाको कनभर्जेन्स व्यायाम गर्ने ।
५ .लिखित पेपर सँगै कम्प्युटरमा काम गरिरहनुभएको छ भने पेपर लाई कम्प्युटर स्क्रिनसँगै राख्ने, दुवैको लेभल फरकफरक भयो भने आँखामा बढी असर पर्न जान्छ ।

६.आँखा सुख्खा लाग्यो, चिलाउन थाल्यो भने कुनै आँखा विशेषज्ञको सल्लाह लिएर ‘आई ड्रप्स’ हाल्ने ।

पौड्याल कम्प्युटर इन्जिनियर हुन् ।

SHARE