सगुन पोष्ट/ पाल्पा । जिल्लामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका–५, रामपुरकी ५४ वर्षीय महिलाको उपचारका क्रममा शुक्रबार लुम्विनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । कार्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

रामपुरमै होम आईसोलेशनमा बसेकी महिलालाई बिहीबार स्वास्थ्यमा थप समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि ल्याइएको थियो ।

मधुमेह र उच्च रक्तचापको बिरामी रहेको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । यो संगै कोरोना संक्रमणबाट पाल्पामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

SHARE