२ असोज, काठमाडौं । नेपालमा एकै दिन दुई हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छिल्लो २४ घण्टामा ११ हजार ४५८ वटा पीसीआर परीक्षणमा २०२० जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

SHARE