1. आदर्श विकास समाज–नेपालको २५औं बार्षिकोत्सव एवं रजत बर्ष शुभारम्भ कार्यक्रम आज संस्थाको कार्यालयमा आज एक कार्यक्रम साथ सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष गिरिराज लम्सालको अध्यक्षतामा सम्पन्न रजत वर्ष शुभारम्भ कार्यक्रममा पूर्व अध्यक्ष लालमणि पौडेल,संस्थापक सदस्य खगराज कंडेल,संथापक एवं पूर्व अध्यक्ष गणेश शर्मा पौडेल ,संस्थापक संयोजक श्यामसुन्दर पराजुली र सल्लाहकार संयोजक एवं वडा अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । संस्थाले रजत वर्षको अवसर पारेर सरसफाई अभियान,रक्तदान कार्यक्रम,स्थानिय सञ्चार माध्यमसँग समन्व्य र सहकार्यमा शिक्षा,स्वास्थ ,वातावरण र विकास सम्वन्धि भर्चुअल कार्यक्रम एवं रेडियो कार्यक्रम सञ्चालन, कोविड –१९को समस्याका कारण शिक्षाबाट बन्चित बालबालिकाका लागि सिकाइ सहजीकरण केन्द्र टोल विकास संस्थाको संयोजनमा सञ्चालन गर्ने,सदस्य अन्तरक्रिया लगायतका कार्यक्रम बार्षिक रुपमा सञ्चालन हुने संस्थाका सचिव जगन्नाथ उपाध्यायले बताउनु भयो  ।  आदर्श विकास समाज नेपाल गैंडाकोट वडा नं १ मा वि.सं २०५२ साल असोज ९ गते आदर्श क्रिडा समूहको नाममा स्थापना भएको थियो । पछि संस्थाले नाम परिवर्तन गरि आदर्श विकास समाज नेपालमा रुपान्तरित भएको हो ।
SHARE