प्रदीप सुवेदी/बागलुङ ।दुबै मिर्गौला फेल भएर पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत हरी सुनारले उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन्।

बागलुङ जिल्ला जैमिनि नगरपालिका वडा नम्बर ४ (सर्कुवा)मादी निवासी सुनारले केहि महिनादेखी मिर्गौला फेल भएर थलिएपनि आर्थिक अभावमा मिर्गौला ट्रान्सप्लान्ट गर्न नसकेको बताए ।

उनको उपचार गर्दागर्दै भएको जायजेथासमेत बेचिसकेकाले थप उपचार र मिर्गौला ट्रान्सप्लान्टकालागि सहयोग गरिदिन उनले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरे ।

उनका अनुसार मिर्गौला ट्रान्सप्लान्ट गर्न करीब २०-२५ लाख रुपैयाँ लाग्छ । मिर्गौला ट्रान्सप्लान्ट गर्ने आशामा बसेका उनको अर्थिक अवस्था कमजोर भएर उपचार हुन नसकेको सुनारकी श्रीमती कुमारी सुनारले हामीलाई जानकारी दिईन् । ट्रान्सप्लान्टका गर्नुपनि समस्या रहेको बताउँदै उनले ,आर्थिक सहयोग गरेर आफ्नो श्रीमान बचाईदिन आग्रह गरिन् ।

श्रीमती र दुई छोराको लालनपालनमा लाग्नुपर्ने बेलामा दुबै मिर्गौला खराब भएर सुनार आफै थलापरेपछि परिवारको बिचल्ली भएको छ । कमाउने उमेरमानै परिबारको खानपिन र छोरा छोरिको शिक्षा आदिमा समस्या हुने परिवार बताउछन् ।

उनको परिवार लाई सहयाेग गर्न चाहानुहुन्छ भने निम्न माेवाइल नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुनेछ ।

 

श्रीमती नाम: कुमारी सुनार

मोबाइल नम्बर : 9827133692,9805157105

हरि बहादुर सुनार : 1407010014607 ( global ime Bank)

SHARE