सगुन पोष्ट/ बुटवल । पुजारीको हत्या गरिएको बिषय उठान गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन,रुपन्देहीले सामाजिक दुरि कायम राख्दै सांकेतिक बिरोध र्याली गरेको छ।

गएको भदौ ३ गते रौतहट जिल्ला को नारायण न.पा.का स्थित हनुमान मन्दिरका पुजारी श्री राम शाहलाई गोलि हानी हत्या भएको थियो ।

बिरोध कार्यक्रममा हत्यारालाई कारबाही गर,धार्मिक सहिष्णुता कायम गर,गृहमन्त्री राजिनामा देउ,नालायक सरकार मुर्दाबाद,बढ्दै गएको धार्मिक गुरुहरु माथिको सांघातिक हमला अन्त्य गर,हिन्दु राष्ट्र कायम गर ,धर्म निरपेक्षता खारेज गर भन्ने जस्ता नारा सहित बिरोध जनाइएको थियो।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रिय सदस्य अमृत पाण्डेले नेपालमा जनयुद्धकाल देखि अहिले सम्म विभिन्न प्रकृतिले धार्मिक संस्था लगायत धार्मिक गुरुमा बढ्दै गइरहेको सांघातिक हमलाले देशलाइ बिखन्डनतिर धकेलेको र आफ्नो मौलिक पहिचान र अस्तित्व नै धरापमा पारी बिदेशी शक्तिलाई चलखेल गर्ने बाताबरण सिर्जित अहिलेका प्रमुख राजनैतिक दल र सत्ता पक्ष बाटनै यसलाइ बढावा दिइदै आएको बताएका छन्।

उनले नेपाल राष्ट्र भनेको भुगोल मात्र होइन कि त्यस भुगोलमा रहने जनताले अंगाल्ने भाषा,संस्कृति,धर्म,मौलिक मूल्य मान्यता,पोशाकले राष्ट्रको पहिचानलाई समेटेको हुन्छ ,त्यो अहिले नामेट पारिदै छ र नेपाल सर्बधर्म समभाव सहितको पुर्ण धार्मिक सापेक्ष हिन्दु राष्ट्र कायम रहे मात्र राष्ट्रलाई बिखन्डन बाट जोगाउन,पहिचान दिलाउन र देशलाइ मौलिक जगमा बिकास गर्न सकिने छ भन्दै दाबी गरेका छन।

कार्यक्रममा बिद्यार्थी नेता मनिस के.सि,अमृत घिमिरे,भुमिका बुडा मगर,संजय भन्डारी,नारायण भन्डारी,बिकेश राज भन्डारी, प्रवासी नेपाली मध्यपुर संयोजक तोयानाथ लम्साल,राप्रपा बुटवल नगर अध्यक्ष निरज प्रताप खाण,देबदह नगर ०९ अध्यक्ष लक्ष्मण चौधरी लगायत युवा नेता राजकुमार पौडेल,लक्ष्मण श्रेष्ठ,सुर्यबहादुर कार्की,मित्रलाल पोख्रेल आदि नेताहरुको उपस्थित रहेको कुरा राप्रबिसंकि नेत्रि भुमिका बुढा मगरले जानकारी दिनु भयो।

SHARE