पर्सामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा विभिन्न ठाउँका ४७ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।

जसमा वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २६ जना र पर्साको पोखरिया नगरपालिकाका १२ संक्रमित थपिएका छन् । बाँकी सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा भेटिएका संक्रमित रहेको उनले जानकारी दिए ।

योसँगै पर्सामा संक्रमितको संख्या दुई हजार एक सय ४२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

SHARE