सगुन पोष्ट/ भदौ, बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिका– ३ मा कोरोना संक्रमितको मृत्यु भएको छ ।
५५ वर्षिय पुरुषको सोमबार राति भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।

एक साताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गरिएको थियो ।
कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उपचार नगर्ने र डिस्जार्चका लागि दवाव दिएकाले परिवारका सदस्यले बताएका छन् ।

गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले उनको मृत्यु भएको पुष्टि गरेका छन् । योसंगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

SHARE