१४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी सम्पन

61

नेपाल जेसीजको आयोजना तथा नारायणगढ लेडि जेसीजको आतिथ्यतामा १४ औं राष्ट्रिय लेडी जेसीज एकेडेमी सम्पन्न भएको छ । कार्यक्रममा महिलाहरुको क्षमता,व्यतित्व विकासका लागि तालिम तथा अभिमुुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा ७० जना भन्दा बढी प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले नारायणगढ लेडि जेसीजले गरेका कामहरुको प्रशंसा गर्नुभयो । आगामी दिनमा पनि यस्तै राष्ट्रिय स्तरका कार्यक्रमहरु गर्न आग्रह गर्नुभयो । २ दिनसम्म चलेको प्रशिक्षण कार्यक्रममा नेपाल जेसीजका पुर्ब अध्यक्ष प्रोफेसर डा. दिपक शाक्यले प्रमुख प्रशिक्षककको रुपमा प्रशिक्षण दिनुभएको थियो । त्यस्तै सहायक प्रशिक्षकको रुपमा बासुदेब कर्णलाल र अरबिन्द श्रेष्ठले विविध छलफलद्वारा महिला उधमशिलता मार्फत महिला सशक्तीकरण हुने कुरामा जोड दिनुभएको थियो । त्यस्तै कार्यक्रममा एसडिजि कोर्डिनेटर सुष्मा श्रेष्ठले पनि महिला सशक्तीकरणलाई जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरु,पुुर्व राष्ट्रिय पदाधिकारीहरु,जेसीजका शाखा अध्यक्षहरु, शाखाका कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक पुर्णीमा श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा नारायणगढ लेडि जेसीजकी २०२१ शाखा अध्यक्ष सम्झना प्रधानले कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा सबैलाई धन्यवाद तथा खुुसी व्यक्त गर्नुभएको थियो । राष्ट्रिय जेसीज एकेडेमीकी निर्देशक कृति गुभाजु शाक्यको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सहजीकरण नारायणगढ लेडि जेसीज २०२१ कि तालिम आयुक्त अनिता श्रेष्ठ अधिकारीले गर्नुभएको कार्यक्रमकी सह-संयोजक कृपा राजभण्डारीले जानकारी दिनुभयो ।