राम प्रसाद कंडेलको शब्दमा फक्रेको फुल बोलको गीत सार्बजनिक।

34

काठमाडौँ,
सर्जक राम प्रसाद कंडेलको पहिलो लोक दोहोरी गीत फक्रेको फुल सार्बजनिक भएको छ।
माया प्रेममा आधारित गीत शान्ति श्री परियार र सुदिप न्युरे को स्वर, राम प्रसाद कंडेल को शब्द र प्रेम सापकोटा ‘सोनु’को लय रहेको छ।

राज केसीको निर्देशन रहेको उक्त गीतमा मोडल समारिका ढकाल,प्रकाश चन्द,स्मारिका ढकाल र रबिन्द्र थापा को अभिनय देख्न सकिन्छ। गीतलाई डेली अनलाइन मिडिया युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।

सगुन पोस्ट डटकमसंग कुरा गर्दै कंडेलले सानैदेखि लोकदोहोरी गीत लेख्न रुचि रहेको र आगामी दिनमा निरन्तर रुपमा गीतसंगीतमा कलम चलाउने पनि बताउनुभयो। हाम्रो तर्फबाट गीतको सफलताको कामना सहित कंडेललाई सांगीतिक यात्राको सफलताको शुभकामना।

गीतको पुरा भिडियो हेर्नुहोस।