एमालेद्वारा आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध।।

56

भदौ ७, २०७८

नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेले सासंद अजय शाही र विमला कुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि सोमबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ।

एमालेकाे निरन्तर नाराबाजीपछि बैठक २:३० सम्मका लागि स्थगित गरिएको छ । सांसदलाई पदमुक्त नगरेसम्म संसद चल्न नदिने भन्दै लुम्बिनीमा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ ।