पछिल्लो २४ घण्टामा ३०७५ संक्रमित थपिए।।

45

भदौ ३, २०७८

पछिल्लो २४ घण्टामा देशभर ३०७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज सक्रिय संक्रमितको संख्या ४० हजार ५०० पुगेको हो ।

संक्रमितमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा रहेका छन् भने पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ। साथै हुँदा २१२६ जना संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमितसँगै हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ४२ हजार २२८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ७८ हजार ३७७ पुगेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ६ लाख ९१ हजार २९९ जना निको भएका छन् भने मृतकको कुल संख्या १० हजार ४२९ पुगेको छ ।