रजत जयन्तीको अवसरमा नारायणगढ लेडि जेसीज द्वारा रक्तदान ।। 

110

अजय पौडेल

चितवन।।

 

रजत जयन्तिकाे अवसरमा नारायणगढ लेडि जेसीजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय रगतको अभाब भैरहेको कुरालाई मध्यनजर गर्दै आज नारायणगढ्को शहिदचोकमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक एलिना श्रेष्ठले बताउनुभयो । रक्तदान कार्यक्रममा ४५ जना रक्तदाताले रक्तदान गरेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

 

रक्तदान कार्यक्रममा प्रमुख अतिथी भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठ रहनु भएको थियो । त्यस्तै अतिथीहरुमा नारायणगढ जेसीज अध्यक्ष जेसीआई सिनेटर बासुदेब दवाडी,नेपाल जेसीजका पुर्ब राष्ट्रिय उपाध्यक्ष कृष्ण सापकोटा ,नारायणगढ जेसीज पुर्ब अध्यक्ष प्रकाश चुके,संगीता रानाभाट, पुर्ब अध्यक्ष तथा रजत जयन्ती मुल संयोजक विश्व शान्ति पिया ,पुर्ब अध्यक्ष तथा सह- संयोजक पुर्णिामा श्रेष्ठ ,नारायणगढ लेडि जेसीजका निबर्तमान अध्यक्ष जेसी सकिला परियार ,पुर्ब अध्यक्षहरु ,स्वास्थ्यकर्मीहरु,रक्तदाता,बोर्डका सदस्यहरू लगायतको सहभागी रहेको थियो ।

 

बर्ष २०२१ का शाखा अध्यक्ष सम्झना प्रधानको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण महासचिब लक्ष्मी केसीले गर्नुभएको थियो। । रगतको अभाबमा कोसैको पनि ज्यान जान नपरोस भन्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष प्रधानले बताउनुभयो। कोभिडको समयमा पनि मानवीयता सम्झेर नारायणगढ लेडि जेसीजले निरन्तर सामाजिक कार्य गरेको प्रधानको दाबि रहेको छ।

 

त्यस्तै नारायणगढ जेसिजको आयोजनामा भएको अन्तर शाखा हाजिरी जवाफ प्रतियोगितामा नारायणगढ लेडि जेसिज तृतीय स्थान ल्याउन सफल भएको छ ।