बुटवलको ढवाहमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा युवाको मृत्य

138

सगुन पोष्ट/बुटवल । बुटवलको ढवाहमा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ ।

आइतबार साँझ कपिलबस्तुबाट बुटवलतर्फ आइरहेको ना ३ ख ७४०९ नम्मबरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको लु ४७ प ७१३६ नम्बरको मोटरसाइकलाई बुटवल उपमहानगरपालिका–१२ ढवाहमा ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाइकलका चालक कपिलबस्तुको वाणगंगा नगरपालिका–९ का २५ वर्षीय सुवास आचार्यको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका आचार्यको उपचारको क्रममा आइतबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो