रोशन गैरेको नयाँ गीत धुनधान बिहे भैराछ सार्वजनिक – भिडियो सहित

230

काठमाडौ – बहुप्रतिभशाली युवा सर्जक तथा गायक रोशन गैरेको नयाँ गीत “धुनधान बिहे भैराछ ” भर्खर मात्र सार्वजनिक भएको छ ।

रोशनले दुई प्रेमी बीचको प्रेम कहानीलाई गीत मार्फत दर्दनाक अन्त्य भएको देखाएका छन् । उत्कृष्ट शब्द र सोही अनुसारको लय सिर्जना रहेको गीतमा रोशनको आवाजमा समीक्षा अधिकारीले साथ दिएकी छन् ।

गीतलाई निर्देशक प्रकाश भट्टले चितवनको उत्कृष्ट दृश्य सहित मनमोहक भिडियो बनाएका छन् ।

गीतमा रोशनलाई अभिनयमा रोशनी कार्कीले साथ दिएकी छन् ।

गीत सार्बजनिक भएपछी सगुनपोस्ट डटकमसंग कुरा गर्दै गीतलाई छोटो समयमै धेरैले राम्रो प्रतिक्रिया दिएको गैरेले बताए।