मानव जातिको उत्पती र बिकासक्रमलाई हेर्ने हो भने आधिनकालको त्यो अबस्थाबाट नै  जगतको सम्पुर्ण प्राणी  मध्येको सबैभन्दा चेतनशिल  प्राणीको रुपमा मानव प्राणीको  उत्पती भएको पाइन्छ। बिभिन्न युग र काल खण्डमा  अनेकन नरसंहारहरु  पार गर्दै आएकोले आधुनिक मानव सभ्यता सम्भव भएको छ । कैयौं इतिहास अझैपनि खोज र अनुसन्धानका बिषयबस्तु होलान  तर के वर्तमान अबस्थामा आधुनिक मानव साच्चैकै आधिनकालको जस्तै हो त ? अब यो खोज बिचार वा बिमर्शको बिषय मानवता या चेतनासंग जोडिनु आवस्यक  भएको छ  ।

विभिन्न प्राणीहरुको सृष्टि र अन्त्य संगै मानव प्राणीको  अन्त्य हुनसक्छ भन्ने हेक्का छ कि छैन ? इतिहासका कुरा इतिहासकारलाई  सुम्पेर बर्तमान अबस्थाको केहि यथार्थ चित्रण गर्न चाहान्छु ।

समाजको निर्माण उहि बेला नै भएको हो । उत्पतीकालमा पनि मानिसहरु समुहमा बसोबास गर्ने किम्बदन्ती  आज पनि पढ्न पाइन्छन । हरेक ब्यक्तिको आ-आफ्नो पहिचानहरु हुन्छन । फरक-फरक पहिचानलाई नै हामी  विविधता  भन्दछौ । के हामी विविधता भित्रको एकतामा बाधिएका छौ त ? हाम्रो नेपाली समाज  पहिचानकै आधारमा आज विविधता ओकल्न बाध्य छ । समान शारिरिक बनोटकै कारणमात्रै सबको सोच र चिन्तनको समानता आजको  आधुनिक मानवता रहदैन भन्ने कुराको हेक्का गर्ने कि नगर्ने ? भलै एकदुइ अपवादका सुंगाहरु हरेक काल खण्डमा समाजको परिवर्तनसंगै  मानवको चेतनामा के- कस्ता बदलाव हरुको हाबि भएको छ भन्ने कुराहरुको यथार्थ आंकलन गरिनु मुख्य बिषय हुन आउछ ।
हामीले श्रावण ६ मा बिपि जन्यती र श्रावण ७ मा  पुष्पलाल स्मृति मनायौ , के बिपि र पुष्पलाल आज र पछिल्लो पुस्ताको लागि समाजको टाठाबाठाहरुले कालो ओकल्ने माध्यमहरु मात्रै हुन त ? यहि समाजको हुनेखाने हैकमवादलाई अन्त्य गर्नुपर्छ र हुदाखानिको आवाज बुलन्द बन्नुपर्छ भन्ने लडाइमा आफ्नो ज्यानकै प्रवाह नगरि समाज परिवर्तन गर्न अहम भुमिकामा रहनुभएका उहाँहरुको  समान हैसियत , अधिकार र न्यायसंगै समानताको समाज निर्माणको यथार्थ सपना परिपुर्ति तर्फ ध्यान पुगेको छ त ? पात्र फरक छ तर प्रवृती उस्तै छ र समान हक,अधिकार र न्याय पर्खाइमा थला परेको छ ।

यो यथार्थ हो , शताब्दी  देखि टाठाबाठा भनौदाहरुले दबाएर राखेको सिंगो समाज आजपनि आफुलाई माथी  उठाउन सक्दैन र उनिहरुकै हो मा हो मिलाउन बाध्य छ  । गणतन्त्र तथा संघियता सहितको र्सार्वभौम नेपालको संबिधान २०७२ ले हरेक नागरिकलाई गाउँगाउँमा  सिंहदरबार अवधारणा संगै सम्पुर्ण अधिकार र न्यायको सुनिश्चिति गरेको छ । जसले समाज निर्माणको सैद्धान्तिक अवधारणा प्रस्ट पारेको छ । समर्थन र बिरोधको आवाज सूक्ष्म रुपमा भएपनि गुन्जन थालेको छ । यी सकारात्मक पक्षको खिलापमा बिकास र बिरोध पर्यावाचि बन्दै गएको छ ।
बिपि र पुष्पलालले  संगै प्रजातन्त्र प्राप्तिको लागि आपसमा सहकार्यगरि नेपालमा प्रजामुखि शासनप्रणालि गरेकै कारण आज हामी सबैले स्वतन्त्रताको स्वाद फेरिफेरि चाख्न पाएका छौ । भलै वर्तमान राजनितीमा यस किसिमको मेलमिलाप वा सहकार्य दिवा सपना जस्तै भएको छ । बौद्धिकता क्रान्तिकारी प्रवृतीको कमि हुन आएको छ , मपाइत्व प्रवृती हावी हुन आएको छ ।

गैडाकोट नगरपालिका नेपालको कान्छो जिल्ला नवलपरासी सुस्ता पुर्ब ( नवलपुर ) मा राजनैतीक र बिकसको प्रभाव समाजमा यथोचित , समाजमा सकारात्मक वर्णनयोग्य छ कि छैन ? हामी युवाबर्गले खोज्नुपर्ने समय आएको छ । हरेक समाजको बिकास समयसंगै  क्रमस हुन्छ । सूक्ष्म प्रकिया भएपनि गतीशिल हुन्छ रोकिदैन । आजको आधुनिक समाजका जनमानसहरु क्रमस हुने बिकासको परिपाटिलाइ योजनाबद्द र तिब्ररुपमा ढाल्न चाहान्छन । यती खेर मेरो प्रश्न उनीहरुलाई हो जो समाजमा आफुलाई बिकासप्रेमि र बुद्धिजीवीको दर्जामा राख्दछन, आजको प्रबिधि मैत्री  समाजमा रहेरपनि हामीले  हाम्रो बिकासक्रमलाई किन कछुवाको चालमा अपनाएका छौ ? राजतन्त्र देखि गणतन्त्र  प्राप्तिको लगभग दुई दशक बितीसक्दा समग्र देश र गैडाकोट नगरपालिकाको समस्या जस्ताको तेस्तै किन ? यी बिषयहरु आजका वास्तविक र बहस गरिनुपर्ने बिषय हुन ।  यिनै बिषयरहेपनि आजको गैडाकोटको राजनिती स्वार्थ  भन्दा माथि उठेर सोच्न नसकेको तीतो यथार्थ हो ।  शक्तिकेन्द्रमा रहेका गैडाकोटमा दर्जनै नेताहरु भेटिन्छन त्यहि पनि समाजको शिक्षा , स्वास्थ र बेरोजगारि जस्ता समस्याहरु पुरानै स्थानमा रहनुले केहि सोच्न बाध्य बनाएको छ कि समाजका नेतृत्व तहमा सकारात्मक सोचको कमि अथवा हामीले हाम्रो क्षेत्रको प्रतिनिधित्व  गर्ने ब्यक्तिहरु समुदायमा दम्भ र केन्द्रमा अस्थाइ बासिन्दा भएर हो । कुरा अपाच्य होला तर वास्तविकता यहि हो । कसै यसैको प्रतिफल त होइन हाम्रो समाज भित्रको लडकरो भिन्नता ।

समाजको उत्थान,बिकास  र समृद्धि भन्दा सबैले आआफुलाई महत्त्व दिनु कारणले होला यहि फुलेको फुल भन्दा बजार बाट ल्याएको प्यारो लागेको । त्यसैले त हरेक पटकको समाज परिवर्तनमा न ब्यक्ति भेटिन्छन न समाज ।खैर जे सुकै होस आपसी बेमेल र संगठनमा ब्यक्ति हाबि हुनुनै  राजनितीले समाज समेट्न नसक्नु हो । अवस्य पनि बिपि र पुष्पलालको  बिचमा बैचारिक बेमेल थियो तर आफुभन्दा देश र जनतालाई  केन्द्रमा राखेकै कारण आजसम्म लोकप्रियता कायम रहेको छ ।

बिराट सापकोटा
शिक्षक,विजय सामुदायिक शिक्षा सदन
गैंडाकोट, नवलपुर

SHARE