सगुन पोष्ट,नवलपुर ।
दिवशविपी अध्ययन प्रतिष्ठान जिल्ला शाखा नवलपुरले सोमबार महामानव विपी कोईरालाको ३८औ स्मृति दिवसको अवसरमा फलफुल वितरण गरेको हो । रजहर स्थित सामुदायिक चिकित्सालयमा कोरोनाबाट प्रभावित भई आईसोलेसनमा रहेका १४१ जना व्यक्तिहरुलाई फलफुल बितरण गरीयो हो ।
प्रमुख अतिथिमा नेपाली काग्रेस नवलपुरका सभापति एव गण्डकी प्रदेश सासंद विष्णु लामिछानेले विपीको पथ सवै कार्यकर्ताले अपनाउन आग्रह गर्नुभयो । नेपालि काँग्रेसका युवा नेता तथा विपी अध्ययन प्रतिष्ठान उपाध्यक्ष करुणा सागर सुवेदी, नेपाली काँग्रेस जिल्ला सदस्य सिता कुवार लगाएत उपस्थित रहनुभएको थियो ।
कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष विष्णुदेवी पाण्डेले गर्नु भएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष नरेशमणी भण्डारीले गर्नुभएको थिए । कार्यक्रमको सहजिकरण सचिव बद्री सापकोटाले सञ्चालन गर्नुभएको थिए ।

SHARE