सगुन पोष्ट/बुटवल साउन १ ।
रुपन्देहीको बुटवलमा रुपन्देही जब लिंकको औपचारिक शुभारम्भ गरिएको छ । विश्वब्यापी समस्याका रूपमा खडा भएको कोभिड १९ को कारण बढ्दो बेरोजगारी न्युनिकरण गर्नका लागि जब लिंक संचालनमा ल्याइएको हो । औपचारिक कार्यक्रमको पुर्ब मन्त्री प्रकाश चित्रकारले उदघाटन गर्नुभयो । सो अबसरमा बोल्दै उहाले रोजगारी दिने काम पबित्र भएको बताउनुभयो । जव लिंकले बिना कमिशन रोजगार कार्यक्रम संचालन गर्ने जब लिंकका संचालक सागर पाण्डेले बताउनुभयो । बुटवलको गोलपार्कमा रहेको जव लिंक सागर पाण्डे ,मदन भुसाल र पुर्णिमा भुसालले संचालनमा ल्याएका हुन् । सामाजिक सेवालाइ पनि संगसंगै अगाडी बढाउने जनाइएको छ ।

SHARE