हरि सुवेदी ,असार २९ गैडाकोट

 

गैडाकोट वडा न ६ जेष्ठ नागरिक संघ द्वारा ८० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक लाई

 

गैंडाकोट वडा नम्बर ६ मा बसोबास गर्ने गैंडाकोट वडा नम्बर ६ मा बसोबास गर्ने गैंडाकोट वडा नम्बर ६ मा बसोबास गर्ने ८० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक लाई एक कार्यक्रमका बीच आज सम्मान गरिएको छ ।

 

जेष्ठ नागरिक संघ गैंडाकोट वडा नम्बर ६ को आयोजनामा विजयनगर खानेपानी को सभाहलमा भएको कार्यक्रममा ४५ जना जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको संस्थाका कोषाध्यक्ष अम्बर विरही गुरुङ ले जानकारी दिनुभयो ।

कार्यक्रमको बारेमा जानकारी सहित स्वागत मन्तव्य संस्थाका सचिव खडानन्द चापागाईं ले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका का नगर प्रमुख छत्र राज पौडेल द्धारा ९६ बर्षकी खगीसरा पौडेल लाई दोसल्ला ओढाई , छाता ,लठ्ठी र पौष्टिक आहार प्रदान गरी सम्मान कार्यक्रमको शुरूवात गर्नु भएको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा त्यस्तै अतिथि विजयनगर पम्पिङ खानेपानी का अध्यक्ष सुवास चापागाईं रहनु भएको थियो।

कार्यक्रम मा वडा नम्बर ६ भित्र रहेका ६ वटा टोल विकास संस्थाको समन्वय रहेको थियो ।

संस्थाका अध्यक्ष देवी प्रसाद पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सहजिकरन तेजेन्द्र चालिसेले गर्नुभएको थियो ।

जेष्ठ नागरिक संघ गैंडाकोट वडा नम्बर ६ ले यस भन्दा पहिले वडा भित्र वडा बासीलाई फलफूलका बिरुवा समेत वितरण गरेको थियो ।

SHARE