चितवन असार १९ 

प्रेम सम्बन्धको विषयलाई लिएर जाजरकोटका हत्या गरिएका नवराज विश्वकर्मा हत्या काण्डमा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलन गरेका सत्तारुढ नेकपा निकट बाहेकका दलित अगुवाहरुले अलग्गै आन्दोलन गर्ने भएका छन् । वावमुलक आन्दोलनमा सरकार समर्थित जातिय मुक्ति समाज र नेपाल दलित मुक्ति मोर्चाको नेतृत्व पक्षबाट आस्था र विश्वासको आधारमा रुकुम घटना लगायतका आन्दोलनमा कमजोर भूमिका निर्वाह गरेको भन्दै त्यसबाट आठ वटा संस्था अलग भएका ह्न । 

 पीडितलाई न्याय दिलाउनका लागि सत्तारुढ पक्षका दलित अगुवाहरु सरकारको विरुद्धमा सशक्त रुपमा नलागेपछि नेकपा बाहेकका दलित संघ संगठन र संस्थाले आन्दोलनको घोषणा गरेका छन् । पीडितका पक्षमा आवाज बुलन्द पार्न सक्रिय नभएको आरोप लगाउँदै आठ वटा संघ संस्थाले अलग्गै आन्दोलनका कार्यक्रम गर्ने भएका हुन । पीडितले न्याय नपाउञ्जेलसम्म विभिन्न राजनैतिक पार्टी सम्बद्ध दलित संगठन, नागरिक समाज, स्वतन्त्र संघ संस्था सम्मिलित संयुक्त राजनैतिक दलित संघर्ष समिति गठन गरी संयुक्त रुपमा संघर्ष गर्ने निर्णय गरेको नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार (विश्वकर्मा ) ले बताइन । नेपाली काँग्रेस निकट नेपाल दलित संघकी अध्यक्ष शान्ति परियार (विश्वकर्मा), जनता समाजवादी पार्टी निकटको समाजवादी दलित मुक्ति महासंघ अध्यक्ष तुलाराम विश्वकर्मा, (नेकपा क्रान्तिकारी माओवादी) निकटको नेपाल दलित मुक्ति मोर्चा अध्यक्ष रामचन्द्र विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक दलित संगठनका अध्यक्ष मिना विश्वकमाले , वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टी नेपाल निकटका रुपलाल विश्वकर्मा प्रतिष्ठान अध्यक्षअम्मर विश्वकर्मा जात व्यवस्था उन्मुलन मोर्चा नेपाल अध्यक्ष पुरण रपाल हाम्रो नेपाल हामी नेपाली अभियानका केन्द्रिय सदस्य सिमा घतान विश्वकर्मा , परियार सेवा समितिका सचिव लाल बहाद्ुर परियारले प्रेस विज्ञप्ती जारी गरेका हुन ।

SHARE