उत्कृष्ट गीतहरु बजारमा ल्याउदै आएको डिजिटल स्टार प्रा.ली.ले यस बर्षको पहिलो तीज गीत “रेशमले सारी” आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

गीतको शब्द तथा लय सृजना पार्वती धितालको रहेको छ भने सरस्वति लामिछानेको आवाजमा रहेको गीतमा तारानाथ आचार्यले संगीत संयोजन गरेका छन ।

सार्वजनिक गीतको भिडियोमा मोडल अलिशा तिवारीको अभिनय रहेको छ । गीतको भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन । गणेश सापकोटाले छायांकन गरेको गीतलाई सुबाश अमागाईँले सम्पादन गरेका हुन । भिडियो डिजिटल स्टारको युट्युब च्यानलमा सार्वजनिक छ ।

पुरै भिडियो हेर्नुहोस् :-https://youtu.be/YCV9vK1Yd4k

SHARE