१५ असार । रोटर्याक्ट क्लव अफ गैडाकोटले असार १५ को अवसरमा परेको राष्ट्रिय धान दिवस आज मनाएको छ । गैडाकोट ३ तात्रिवासको खेतमा रोपाई गरेर दिवस मनाइएको कार्यक्रम संयोजक क्षितीज आचार्यले जानकारी दिनुभयो । स्थानीय माधव गौतमको खेतमा क्लवका निर्वतनमा अध्यक्ष सरद काफ्ले, अध्यक्ष कौशिकराज पन्त सहितको समूहले दहि चिउरा खाँदै धान रोपाई गरेर दिवस मनाएको आचार्यले बताउनुभयो ।

 

मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिने असारमा क्लवका युवाहरु नै खेतमा जाँदा यसले कृषीमा सकारात्मक सन्देश गएको भन्दै आफ्नै खेतमा आएर रोपाई गरी दिवस मनाइदिएकोमा स्थानीय गौतमले आभार व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै अध्यक्ष पन्तले लकडाउनको समय वृहत कार्यक्रम गर्न नसकेपनि केही साथीहरुका वीच कृषि प्रधान देश नेपालमा युवाहरु नै कृषिमा लाग्नुपर्छ भन्ने सन्देश दिन आफूहरुले दिवस मनाएको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष आर्जन पौडेल, सचिव वर्षा सापकोटा, सहसचिव स्वतीका घिमिरे, डाइरेक्टरहरु विवेक गौतम, पुरुषोत्तम काफ्ले , शिरिष सिग्देल, सर्जेन्ट अफ आर्म सरस्वती गौतम, सदस्य पुजा रेग्मी लगायतको सहभागीता रहेको थियो ।

SHARE