सुदिप सुबेदी /असार १५

नेपाली परम्परा तथा रीतिरिवाज लोपोन्मुख हुन लागिरहेको अवस्थामा परम्पराको जगेर्ना गर्ने अभिप्रायले नेपाल विद्यार्थी संघ बिरेन्द्र बहुमुखी क्याम्पस इकाई समितिले आज असार १५ अर्थात दहि चिउरा खाने दिवस मनाएको छ ।

नेपाली काङ्ग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता नेबिसंघ बिरेन्द्र बहुमुखी क्याम्पसका सभापति अनमोल अधिकारी रहनुभएको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस , तरुण दल , नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताहरुको उपस्थिति थियो। कार्यक्रमको ब्यवस्थापन नेपाल विद्यार्थी संघ बिरेन्द्र बहुमुखी क्याम्पसका बरिस्ठ उपाध्यक्ष रबिन खतिवडाले गर्नुभएको थियो।

SHARE