१५ असार, काठमाडौं । कपिलवस्तुको तीन नगपालिकाहरुमा सलहको ठूला झुण्डहरु देखा परेका छन् ।

बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

आइतबार अपरान्हमा करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए ।
करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले जानकारी दिए ।

नेपालमा शनिबार सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना-साना झुण्डमा छुटिटएर नेपाल प्रवशे गरेको बताउँदै आएको थियो । अब भने ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ ।

SHARE