सुपारी म्युजिकको प्रस्तुतिमा रहेको गायिका समीक्षा अधिकारीको ‘टिकटक काण्ड’ बाहिरिएको छ ।

तीजका गीतहरु बजारमा आउने क्रममा आज ‘टिकटक काण्ड’ बजारमा सार्बजनिक भएको हो ।

टिकटकले समाजमा पारेको असर, सामाजिक सांस्कृतिक परम्परामा पुर्याएको बाधा लगायतका बिषयमा उक्त तिज गीतको भिडियोमा छर्लङ्ग देखाउन खोजिएको छ ।

 

गायक राजेन्द्र कँडेल र गायिका समीक्षा अधिकारिको आवाजमा रहेको उक्त गीतको लय तथा शब्द गायक कंडेलको नै रहेको छ ।

बिनोद बाजुरालीको संगीत संयोजन गरेको गीतको भिडियोमा मोडल रुपा कंडेल र पवन खतीवडा (म्याकुरी) को दमदार अभिनय देख्न सकिन्छ । दुर्गा पौडेलको छायांकन तथा निर्देशनमा तयार पारिएको भिडियोको सम्पादन प्रविन भट्टले गरेका हुन् ।

SHARE