अजय पौडेल, असार ३

 

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) नारायणी क्षेत्रीय समितिले कोरोना भाइरसको महामारीको समयमा रोजगार दाता कम्पनीले केही बजार प्रतिनिधिहरुलाई जागीरबाट हटाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज भरतपुरमा बसेको नाम्सको क्षेत्रीय समिति बैठकले विषम परिस्थितिमा कम्पनीमा कार्यरत कर्मचारीहरुलाई सेवा सुबिधा थप गर्नुको सट्टा कटौती गर्नु आपत्तिजनक रहेकोे नाम्सका अध्यक्ष सुदन भण्डारीले बताउनुभयो ।

बैठकले रोजगार कटौती गरेका कर्मचारीलाई तुरुन्त कार्यमा लाग्न दिनुहुन साथै आगामी दिनमा बिना कुनै कारण यस्तो कार्य नगर्न पत्रचार गर्ने निर्णय भएको नाम्स नारायणी क्षेत्रीय समितिका सचीव चेतन शर्माले जानकारी दिनु भयो ।

यस मागलाई बेवास्ता गरि रोजगारदाता कम्पनीले कर्मचारीलाई जागीरबाट निकाल्ने तथा अन्य समस्या दिएमा नाम्सले कडा कदम चाल्ने पनि अध्यक्ष भन्डारीले चेतावनी दिनुभयो । यो समयमा फुटेर नभइ जुटेर अगाडि बढ्न आग्रह गर्दै नाम्सका अध्यक्ष भण्डारीले कम्पनीलाइ सजिलो हुँदा मात्र कर्मचारीलाई काममा लगाउने तर कर्मचारीलाई समस्या पर्दा बेवास्ता गर्नु अमानवीय कार्यको पराकाष्ठा भएको बताउनुभयो ।

SHARE