जेष्ठ ८, एजेन्सी ।। बालबच्चालाई सधैं पुल्पुल्याएर राख्न सकिँदैन, मिल्दैन पनि । उनीहरूले गर्ने कतिपय गल्तीमा क्षमा दिन सकिने अवस्था पनि हुँदैन । त्यसैले जानीबुझी कुनै गल्ती गरेमा उनीहरूलाई हप्काउने, पिट्ने गरिन्छ । तर, अज्ञानतावश कुनै काम बिगारेमा वा गल्ती गरेमा उनीहरू सामु कडा रुपले प्रस्तुत हुन उचित हुन्न ।

जब बच्चाले त्यस्ता गल्ती गर्छन्, हामी गाली गर्छौं, कुट्छौं । यस्तो बेला हामीलाई लाग्छ, यसरी गाली वा कुटाइ खाएपछि उनीहरुले अरूबेला गल्ती दोहोर्‍याउँदैनन् । कतिपय अभिभावकले छोराछोरीलाई यस्तो सजाय पनि दिन्छन्। ताकि त्यो सजाय सम्झेर उनीहरूले कुनैपनि गल्ती गर्ने छैनन्।के हामीले सोचेजस्तै नतिजा हात लाग्छ त ? बालबालिकाले गरेको गल्तीविरुद्ध जति कडा सजाय दिइयो त्यति नै प्रभावकारी हुन्छ ? गाली वा कुटाइले उनीहरू सही बाटोमा लाग्छन् ? गल्ती दोहोर्‍याउँदैनन् त ?

तर अध्ययन अनुसन्धानले पुष्टि गरेको छ कि बालबालिकासँग गरिने कठोर ब्यवहारले उनीहरुलाई झन कमजोर र हिनताबोध महसुस हुन्छ । अभिभाबक बच्चासँग रिसाउने, कठोर बन्ने वा कडा ब्यवहार देखाउँदा बच्चाहरु मानसिकरुपमा कमजोर, जतिबेला पनि डराउने, जिद्धि र छुच्चो प्रवृत्तिको बन्ने गरेको अनुसन्धानले देखाएको छ ।
१. बालबालिकालाई सधै माया गर्ने ः– बालबालिकालाई सधै माया गर्ने, मायाले बोलाउने,आदर गरेर वोलाउने र उसलाई प्रेम र ममता प्रशस्त दिने गर्नुपर्दछ ।

२. गल्तीमा गाली नगर्ने ः– बालबालिकालाई उनीहरुले गर्ने गल्तीमा पनि गाली नगर्ने बरु राम्रो र नराम्रो कुरा के हो सम्झाउने प्रयास गर्ने ता कि अर्कोपटक खुशीले नै उसले त्यो गल्ती नगरोस ।

३. प्रशंशा गर्ने ः– बालबालिकालाई हरेक काममा प्रशंशा गर्ने । मानौं क लेख्न पटपटक भन्दा पनि जानेन भनेपनि उसले कोरेको धर्कोलाई आहा कति राम्रो भनिदिने । बालबालिकाले जे गर्छन त्यो आहा भनेर प्रतिक्रिया दिने र प्रोत्साहित गर्ने ।
४ . ध्यानपुर्वक सुनिदिने ः– बालवालिकाको निकै ख्याल गरेको महसुस गराउने र उसका हरेक कुराहरु ध्यानपुर्वक सुनिदिने गर्नुपर्दछ । जसले उसलाई राम्रो नराम्रो छुट्टाउने र राम्रो कामगर्न प्रेरित गराउछ ।
५. मनोरन्जनमा सहभागी हुने ः– वालवालिकासँग सगै खेदिदिने, सँगै घुमिदिने, सँगै नाचिदिने र उसका हरेक मनोरन्जनमा साथ दिदै आफुपनि खुशी भएको देखाउनुपर्दछ ।

SHARE