जेष्ठ ८, एजेन्सी ।
एकअर्काप्रति विश्वास, भरोसा, आत्मीयताले दाम्पत्य जीवन सुखमय हुन्छ। एकअर्काको दुःखसुख बुझ्ने, रुचि र आकांक्षा बुझ्ने हुनुपर्छ । साथसाथै आपसमा ख्याल पनि राख्नुपर्छ। जब श्रीमान्श्रीमती वा प्रेमी प्रेमिका दुवै मानसिक र शारीरिक रुपमा स्वस्थ, तन्दुरुस्त हुन्छन्। तब उनीहरूको जीवन हाँसीखुसी बित्छ।

१. स्वास्थ्य
– परिवारमा कसलाई कस्तो स्वास्थ्य समस्या छ भन्नेबारे जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोही न कोही ग्रसित हुन सक्छन् ।आफ्नो परिवारका स्वास्थ्य स्थितिबारे बेलाबखत छलफल गर्नुपर्दछ।
२. पार्टनरको तौल

–अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा।यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न सहयोगी भूमिका खेल्नुपर्छ ।यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिन सकिन्छ ।
३. आनीबानीमा भएको परिबर्तन ।
सुत्ने बानीमा वा अन्य कुनै बानीमा परिवर्तन हुँदैछ भने सर्तक हुनुपर्छ । किनभने, पार्टनर मानसिक चिन्तामा पो छन् कि ?यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरू सुत्न सक्दैनन् । उनीहरू बिस्तारैबिस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।
४. यौन भावना
पार्टनरलाई यौनईन्छा, यौनप्रतिको भावना वा यौनजन्य रोगका बारेमा खुलस्त हुनुपर्दछ । यौनचाहना, भावना र यौनका विषयमा जति धेरै खुलेर कुराकानी हुन्छ त्यति नै यौनजीवन सहज र सरल बन्छ । यसले जोडीलाई मजबुत र कसिलो बनाउनछ ।

५. मानसिक अवस्था

पार्टनर किन झर्किन्छ, किन चाँडै रिसाउँछ ? त्यसको कुनै न कुनै कारण हुन सक्छ । पार्टनर रिसाएको बेला वादविवाद गर्नेभन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सही निकास निकाल्न सजिलो हुन्छ।रिसाउने बानीले दुईविचको सम्बन्ध विग्रने मात्र होईन बच्चाको वालमस्तिस्कमा पनि आघात पुग्छ ।

SHARE