जेष्ठ ८, एजेन्सी । सम्बन्ध बनाउन जति सजिलो छ, त्यसलाई निर्वाह गर्न उत्तिकै गाह्रो हुन्छ । जीवनमा खुशीहरु राम्रो सम्बन्धबाटै आउछन् । भनिन्छ, जोडीहरु स्वर्गमै तय गरिएको हुन्छ । तपाईंको सम्बन्ध तपाईको व्यवहार, तपाईंको सुझबुझ तथा एक–अर्कालाई सम्झन सक्ने क्षमतामा निर्भर गर्दछ ।

पुरै जिन्दगी बिताउने सक्ने त्यस्तो व्यक्तिलाई खोज्नु आपैमा एउटा गाह्रो कार्य हो । हरेक सम्बन्धमा उतार–चढावहरु आइरहन्छन् । तर, त्यसको अर्थ के होइन भने तपाईंले ती सम्बन्धहरुलाई सिध्याउनु पर्छ । तीनलाई सुधार्ने प्रयास अवश्य पनि गर्नु पर्छ । जसबाट सम्बन्धलाई बचाउन सकिन्छ । आउनुहोस, केही त्यस्ता उपायहरुका बारेमा जानौं, जसबाट सम्बन्धलाई सुखद र लोभलाग्दो बनाउन सकिन्छ ।

१. संग–संगै धेरै समय व्यतित गरौं

आफ्नो जोडीसंग धेरैभन्दा धेरै समय बिताउनु पर्छ । यसो गर्नु भयो तपाईंहरुबीचको मनमुटाव हट्नेछ र तपाईंहरुले एक अर्कालाई राम्ररी बुझ्ने मौका पनि पाउनु हुनेछ । तपाईंहरु दुई जना मात्र तास खेल्नुहोस, बाहिर घुम्न जानु होस नयाँ–नयाँ कुराहरु गर्ने प्रयास गर्नुहोस् ।
२. एक–अर्कालाई स्थान दिने ।
एकले अर्काको जीवन बुझ्नुपर्दछ । आफ्नो जीवन जीउन दिनुपर्छ । अनावश्यक दख्खल दिने आफुले भनेजस्तो हुनुपर्यो गर्ने गर्नुहुदैन् । एक–अर्काको जीवनमा तपाईंले बढी दख्खल दिन थाल्नु भयो भने त्यसले तपाईंलाई आफ्नै सम्बन्ध बोझ लाग्न थाल्नेछ ।दुवैको चाहना फरक फरक हुनसक्छ त्यसलाई स्वीकार्र्नुपर्दछ ।
३. विश्वास गर्ने ।

कुनै पनि सम्बन्धमा प्रेमको आवश्यकता जति हुन्छ, त्यति नै विश्वासको पनि हुनु पर्छ । यदि तपाईंको सम्बन्धमा शंका नामको चिज आउन थाल्यो भने त्यसले तपाईंको सम्बन्धलाई नराम्रो बनाउने निश्चित छ
भनिन्छ, सम्बन्ध भनेको एउटा धागो जस्तो हो, यदि तपाईंले धेरै तान्नु भयो भने त्यसलाई टूट्नबाट कसैले पनि बचाउन सक्दैन । त्यसैले सम्वन्धलाई हल्का खुकुलो बनाउनै पर्छ ।

४. प्रशंशा गर्ने र आदर गर्ने ।
आफ्नो जोडीलाई प्रशंशा गर्नुपर्दछ । आदरगर्ने नम्रपुर्वक बोल्ने र धेरै प्रशंशा गर्ने गर्नुपर्दछ । बेडरुमभन्दा बाहिर पनि तपाईंले आफ्ना जोडीलाई प्रेम व्यक्त गर्ने, प्रेमिल बातावरण बनाउने र प्रेमका कुरा गर्ने गर्नुपर्दछ ।
५. एक–अर्काको कुरा मज्जाले सुन्ने ।
कुनै पनि विषयमा वहस गर्नु भन्दा एक–अर्काको कुरा ध्यान दिएर सुन्न पर्छ र बुझ्नु पर्छ । वहस गर्नाले कुनै पनि कुराको हल निस्कँदैन । यसका साथै तपाईंले विना कारण झगडा गर्ने कुरा गरेर स्थितिलाई अझ बढी बिगार्नु हुनेछ । मज्जाले पार्टनरको कुरा सुन्नुभयो भने तपाईको कुरा पार्टनरले बुइ्नेछन् । यसो गर्नाले तपाईंहरुको आपसी समझदारी राम्रो हुनेछ । केवल, उनलाई सम्झनका लागि थोरै समय दिनु आवश्यक छ ।

SHARE