जेष्ठ ८, एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिन्छिन्। उनको बास्तविक उमेरभन्दा उनी १५–२० बर्ष कमको देखिन्छिन् । उनलाई देख्दा लाग्छ उनी २५ बर्षकी भर्खरकी तरुनी हुन् । त्यसैले प्रियन्काको चार्म र फिटनेसको चर्चा बलिउडदेखि हलिउडसम्म चल्ने गर्छ। हालै एक अन्तर्वार्तामा प्रिंयकाले आफू फिट रहनको लागि कस्तो डाइट योजना बनाउँछु भन्नेबारे बताइन्। एक अन्तर्वार्ताको क्रममा प्रियंकाले आफू खानाको ज्यादै सौखिन भएको बताइन्। उनी सधैं ब्रेकफास्टमा लच्नको कुरा गर्छिन् र लन्चमा डिनरको मेन्युबारे कुरा गर्छिन्।

जब प्रियंका नयाँ देशमा जान्छिन् तब सबैभन्दा पहिले उनी मन परेको खाना खाने राम्रो रेस्टुरेन्टमा जान्छिन्। यसको प्रभाव धेरै पटक उनको शरीरमा देखा परेको छ। विशेषगरी दिवाली र क्रिसमसको बेलामा आफ्नो तौल बढ्ने प्रियंकाले बताइन्। यसपछि जनवरी, फेब्रेवरी र मार्चसम्म उनी आफ्नो वजन कम गराउनमा खर्र्चि्न्छिन्।

१. प्रियंकाले कम्तिमा ३ दिन बिहान उठेर वर्कआउटको प्रयास र्गिछन। उनले आफू कहिल्यै स्पिकिङ र कार्डियो गर्न नभुल्ने बताइन्।

२. प्रियंका बिहान ब्रेकफास्टमा अण्डा र टोस्टको साथ अमलेट वा एवोकाडो लिन्छिन्। उनी इण्डियामा रहँदा सबैभन्दा धेरै पराठा खान्छिन्।

३. लन्च वा डिनरमा घरको खाना खाने । वाहिरको खाना सकेसम्म कम खाने प्रियन्काको बानी छ ।
४. प्रियन्काले डोसा, फिस करी, दही राइस खान्छिन तर कम । लन्चमा धेरै खाने र डिनरमा कम खाने उनको बानी छ । सकेसम्म खाना खाँदा अझै खाऊ खाऊ लाग्दा नै उठ्नुपर्छ
५. बेलुकाको डिनर हल्का गरेपछि २ घण्टा पछि मात्र सुत्ने प्रियन्काको बानी छ ।
६. प्रियंकाले चामल र गहुँबाट बनाइएको रोटी खाने गर्छिन् । किनकि यो निकै स्वस्थ्यबद्र्ध हुन्छ ।
७. प्रियन्का सधैं दही, सलाद र अचार नछुटाईकन खान्छिन्। डिनरमा प्रियंका सुरुवातमा सधैं सुप पिउँछिन्।

SHARE