१८ वैशाख, काठमाडौं । शंकर गु्रपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर अदालत परिसरबाटै प्रहरीले उनलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो । विभागले उनीसँग बयान लिएको र, लकडाउनपछि अनुसन्धान गर्ने गरी छाडेको विभागका एक अधिकारीले जानकारी दिए ।अग्रवाल गत चैत २५ गते थर्मल गन कालोबजारीको आरोपमा काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।

SHARE