बैशाख १८ । एजेन्सी । बलिउड अभिनेता ऋषि कपुरको विहिबार अवसान भएको छ । यसअघि बुधबार मात्र अर्का अभिनेता ईरफान खानको निधन भएको थियो । ऋषि कपुर ६७ वर्षका थिए भने ईरफान खान ५४ बर्षका कपुर ल्यूकेमिया अर्थात् रगतको क्यान्सरसँग जुधिरहेका थिए । बिहिबार बिहान एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा उनको निधन भएको हो । पारिवारिक श्रोतका अनुसार उनले अन्तिम समयसम्म पनि आफ्नो बानी छोडेनन् । अस्पतालमा डाक्टर–मेडिकल स्टाफलाई हँसाइरहे, उनीहरुलाई मनोरञ्जन प्रदान गरिरहे ।यसअघि गत बिहिबार पनि उनको स्वास्थ्य खराब भएको थियो । उनलाई अस्पतालमा भर्ना गरिएको थियो तर चार घण्टापछि उनलाई डिस्चार्ज गरिएको थियो । पछि उनलाई छातीको संक्रमण, सास फेर्न समस्या र ज्वरो आएका कारण उनलाई पुनः अस्पताल भर्ना गरियो । उनको स्थिती बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखियो । बिहिबार बिहान ३ बजेदेखि उनले केही पनि प्रतिक्रिया नदिएको बताइन्छ । जब उनले अन्तिम सास फेरे तब उनीसँग श्रीमती नीतू र छोरा रणबीर उपस्थित थिए ।

बलिउड नायक इरफान खानको भने बुधबार निधन भएको हो । मंगलबार बिहान बाथरुममा उनी लडेका थिए । यसपछि, उनलाई उपचारका लागि मुम्बइको अस्पतालमा लगिएको थियो । स्वस्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बइको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा नै उनले निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ५४ बर्षका इरफान न्यूरोएन्डोक्राइन ट्यूमर रोगबाट पीडित थिए । उनी अभिनित ‘अंगेजी मिडियम’ यो वर्ष रिलिज भएको थियो ।

SHARE