काठमाण्डौ – नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ ।

धनगढीमा उपचार गराइरहेका थप अर्का बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी गएको चैत ११ गते दुबईबाट फर्किएका बुझिएको छ ।

यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् ।

SHARE