स्नेहा पौडेल र देवेन्द्र बब्लु अभिनित गीत ‘एक्लै जान सक्छौ र ?’ युट्युबमा सार्बजनिक गरिएको छ । गीतमा देवेन्द्रकै शब्द, संगीत तथा स्वर रहेको छ । त्यस्तै गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका हुन् ।

भिडियोमा एउटै स्टोरमा काम गर्ने दुइ युवा युवतीको प्रेम सम्बन्ध देखाइएको छ ।

स्नेहा पौडेल गायिका मंजु पौडेलकी छोरी हुन् भने देवेन्द्र बब्लु चर्चित गायक प्रकाश सपुतका भाई हुन् ।

 

 

SHARE