सगुन पाेष्ट/बुटवल माघ –

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा पुनः सुमन श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार बुटवलमा सम्पन्न संघको दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा सञ्जय सौगात, सचिवमा मोहन न्यौपाने, सह–सचिवमा राजिव भुषाल र कोषाध्यक्षमा रमेश अर्याल छन् । त्यस्तै सदस्यहरुमा दिनेशकुमार श्रेष्ठ,रबिन्द्र प्रताप गुप्ता, कपिल अधिकारी र फुलु सुनार छन् भने यस्तै कृष्ण खनाल र कृष्ण भण्डारी मनोनित सदस्यमा चयन भएका छन् । नेपाल चलचित्र संघका पश्चिमाञ्चल सभापति ओम कुमार जैशीले चलचित्र ,हल , फिल्म पत्रकार एक अर्काका परिपुरक रहेको बताए ।

चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय सचिव बैकुण्ठराज पराजुलीले चलचित्र क्षेत्र र पर्यटन क्षेत्रको समग्र बिकाशलाइ चलचित्र पत्रकारहरुले मनोरन्जन पत्रकारिताको माध्यमबाट कलम चलाइरहेको बताए ।

सस्थाका सचिव रमेश अर्याल र कार्यवाहक कोषाध्यक्ष मोहन न्यौपानेले २०७४ जेष्ठदेखि २०७६ पौष मसान्तसम्मको ६० हजार ५ सय बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।अधिवेशनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका सह सचिव कमल रायमाझी, प्रेस युनियनका रुपन्देही सभापति रेखा भुषाल लगायतले निर्वाचित नेतृत्वलाई बधाई दिएका थिए ।

SHARE