सगुन पाेष्ट/काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते सोमबार बस्ने भएको छ । कार्यसमितिको बैठक  दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए  ।

बैठकमा पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्थालगायत विषयमा छलफल गर्नेछ ।

शुक्रबार सभापति शेरबहादुर देउवा निवास बूढानीकण्ठमा छलफल भएको थियो । शुक्रबारको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु सिंह र सिटौलालगायत उपस्थित थिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन् ।

SHARE