गैंडाकोट । ‘आफ्नै गौरव आफ्नै उत्सव, समग्र सम्वृद्धिका लागि गैंडाकोट महोत्सव’ भन्ने  मुल नाराका साथ हुन लागेको तेस्रो गैंडाकोट महोत्सवको तयारी तीव्र पारिएको छ । प्रदर्शनी स्थल गैंडाकोट २ नारायणी नदि किनारमा धमाधम स्टल निर्माण भईरहेको छ भने अन्य तयारी समेत चलिरहेको छ ।

नारायणी नदी किनारमा माघ १५ गतेदेखि २६ गतेसम्म हुने तेस्रो गैंडाकोट महोत्सव २०७६ को तयारी तीव्ररुपमा भइरहेको महोत्सवका संयोजक एवम् जिल्ला उद्योग बाणिज्य संघ नवलपरासी बर्दघाट सुस्तापूर्वका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्रोत्साहन र व्यवसाय प्रर्वद्धन गर्न महोत्सव गर्न लागिएको जनाउँदै उहाँले महोत्सवको आम्दानीले १ वर्षभित्र संघको भवन निर्माण गर्ने समेत बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय स्तरमा आफ्नो देशको पहिचान देखाउनका लागि पूरै देश नै लागिरहेका सन्र्दभमा तेस्रो गैंडाकोट महोत्सवले पनि थप ऊर्जा र महत्व दर्शाउने अध्यक्ष भट्टचनले जानकारी दिनुभयो ।

महोत्सवबारे जानकारी गराउँदै महोत्सवका सचिवालय प्रमुख एवम् संघका महासचिव छवि कंडेलले डेढ करोेडभन्दा वढि खर्चको अनुमान गरिएको बताउनुभयो । उहाँले महोत्सवमा ३५० स्टल रहने जनाउँदै स्थानीय उत्पादनलाई निःशुल्क स्टल प्रदान गरिने समेत बताउनुभयो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुती हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने उहाँको भनाई छ । यसपटक महोत्सवमा बुर्ज अल अरब दुवई ९सेल्फी जोन० र लण्डन ब्रिज आकारको कलात्मक प्रवेश द्धार हुने उहाँले बताउनुभयो ।

महोत्सवमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिने उहाँको भनाई छ । समूह र विद्यार्थीलाई केही छुट सहितको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो ।

महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक एवम् संघका कोषाध्यक्ष शालिकराम सापकोटाले विभिन्न २२ वटा उप समिति गठन गरि काम अघि वढाईएको जानकारी दिनुभयो । उहाँले महोत्सवको प्रचार प्रसारसँगै प्रर्दशनी स्थलमा आवश्यक संरचना स्टल निर्माण भइरहेको बताउनुभयो ।

तेस्रो गैंडाकोट महोत्सव २०७६ एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औधोगिक व्यापार कृषि तथा पर्यटन महोत्सवलाई सफल बनाउन सबैको साथ र सहयोगका लागि आग्रह गर्नुभयो ।

गैंडाकोट नगरपालिका, जिल्ला समन्वय समिति नवलपुर, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आन्तरिक तथा बाÞय व्यपार, उद्योग, कृषि, पर्यटन, सूचना सञ्चार लगायतका क्षेत्रलाई प्रर्वद्धन गर्ने र पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्य राखी महोत्सव हुन लागेको हो ।  स्राेत विजय एफएमबाट साभार

SHARE