नेपाल भ्रमण बर्ष २०२० सुरु हुँदैछ । पर्यटन वर्ष मनाइरहँदा यसको तयारी र प्रगतिका विषयमा हामीले गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालसँग कुराकानी गरेका छौं ।   माया कंडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
पर्यटन वर्षको तयारी कस्तो छ ?
हामीले गण्डकी प्रदेशले २०१९–२०२२ लाई पर्यटन वर्ष घोषणा गरेको छ । २०१९ लाई आन्तरिक भ्रमण वर्ष, २०२० लाई छिमेकी राष्ट्र पर्यटन वर्ष, २०२१ लाई पूर्वाधार निर्माण वर्ष र २०२२ लाई २० लाख पर्यटक गण्डकी प्रदेशमा भित्र्याउने लक्ष्यका साथ पर्यटन वर्ष घोषणा गरेर सोही अनुरुप कार्यक्रम गरिरहेका छौं । संघीय सरकारले पनि २०२० लाई भिजिट नेपाल २०२० भनेर अगाडि बढाएको छ । हामीले त्यसलाई पनि सहयोग गरेका छौं । नेपालको पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरा नै हो । त्यो आधारमा हामीले सबै काम गरिरहेका छौं । सम्माननिय राष्ट्रपति, राष्ट्रप्रमुख, विभिन्न मन्त्रालयका मन्त्री, देशका सबै प्रदेशका मुख्य मन्त्रीलाई निमन्त्रणा गरेका छौं । काठमाडौंबासी र देशभरका जनतालाई पनि खुल्लारुपमा निमन्त्रणा गरेका छौं । प्रचार प्रसारका कार्यक्रमलाई पनि हामीले तीव्ररुपमा अगाडि बढाइरहेका छौं ।
पर्यटन वर्ष मनाइरहँदा केन्द्र सरकार र प्रदेश सरकारको समन्वय कस्तो छ ?
पर्यटनको माध्यमबाट प्रदेशको विकास गर्ने कुरामा गण्डकी प्रदेशले जोड दिएर विभिन्न कार्यक्रम गरेको छ । यस्तै संघीय सरकारसँग सहकार्य गरेर काम गरिरहेको छौं । भिजिट नेपाल २०२० घोषणा भइसकेका सन्दर्भमा हामीले समन्वय गरेर त्यसको लागि प्रचार–प्रसार र तयारीका लागि काम भइरहेको छ । यस्तै सन् २०२० को पहिलो तारिखमा पोखरामा नै गर्ने तयारी भइरहेको छ । त्यसको अन्य तयारी संघीय सरकारले नै गर्ने हो । गण्डकी प्रदेशले २०१९–२०२२ लाई पर्यटन वर्ष र भिजिट नेपाल २०२० तयारी एकैपटक चलिरहेको छ।
गण्डकी प्रदेशका कुन कुन क्षेत्र बढी पर्यटकीय सम्भावना भएको क्षेत्र मान्नुहुन्छ ?
गण्डकी प्रदेशका ११ वटा जिल्ला नै पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । हिमालदेखि एकसिंगे गैंडा र पाटे बाघ देख्न सकिन्छ । यही गण्डकी प्रदेशभित्र डाँफे–मुनाल नाचेको र लालिगुराँस हासेको देख्न सकिन्छ । यस्तो सुन्दर ठाउँ त संसारको कुनै स्थानमा नै छैन । गण्डकी प्रदेश त स्वर्गकै एक टुक्रा हो । गोरखामा वल्र्ड हेरिटेज, मनाङमा सबैभन्दा अग्लो ताल, मुस्ताङमा मुक्तिनाथ, दामोदर कुण्ड, बाग्लुङमा देवीथान, नवलपुरमा थारुसंस्कृति लगायत विभिन्न रमणीय स्थान देख्न सकिन्छ । वन्जीजम्प, ¥याÇिटङदेखि लिएर प्यारागलाइडिङ पनि गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा नै छ । पोखरा त मुख्य पर्यटकीय क्षेत्र नै भइहाल्यो ।
गण्डकी प्रदेशको सम्भावना पर्यटन मात्रै हो कि अन्य पनि छ ?
गण्डकी प्रदेश पर्यटकीय क्षेत्र मात्र नभई हरेक किसिमका सम्भावनाहरू भएको क्षेत्र हो । पर्यटकीय हिसाबले त संसारकै उत्कृष्ट गन्तव्य हो । हामीले अब विश्व समुदायसँग जोडिन बाँकी छ । पूर्वाधार विकास गर्न बाँकी नै छ । गण्डकी प्रदेश प्रकृति र संस्कृतिको खानी नै हो । यस प्रदेशमा प्रकृतिसँग रमाउन चाहने मान्छेलाई जस्तो वातावरण चाÞयो त्यस्तै वातावरण छ । संस्कृतिको कुरा गर्ने हो भने १२५ जातजातिमा सबैभन्दा धेरै जातजातिको बसोबास रहेको गण्डकी प्रदेश नै हो । ग्रामीण पर्यटनलाई विकास गर्नका लागि गाउँ–गाउँमा पूर्वाधारको निर्माण गरिरहेका छौं जसले गर्दा धेरै विदेशिएकालाई गाउँमा नै फर्कन मद्दत गरेको छ ।
पूर्वाधार विकासका लागि के योजना छ ?
पूर्वाधार भनेको एकैपटक बन्ने प्रक्रिया होइन नि ∕ त्यसका लागि समय लाग्छ । त्यही किसिमको बजेट माग गर्छ त्यसका लागि हरेक क्षेत्रसँग जोडिन आवश्यक छ । पोखरामा अहिले २३ अर्बको लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । भैरहवादेखि पोखरा अनि काठमाडौंदेखि पोखराको बाटो विस्तार हँुदैछ । ट्रेकिङ रुटहरु बिस्तार गर्दैछौं । कति भएको छ र पर्यटन विस्तार भएको ? ३०÷४० वर्षको अवधिमा यी पूर्वाधार त बनेकै मान्नुपर्छ । तर अव यसलाई तीव्र गतिमा अगाडि बढाउनुपर्छ ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलले पूर्णता पाउन बाँकी नै छ त्यसभन्दा अघि हवाइमार्गको व्यवस्थापन कसरी हुन्छ ?
सातै प्रदेशमा इन्टरनल कनेक्टीभिर्टी डोमेस्टिक हवाइसेवा सञ्चालनका लागि तयारी भइरहेको छ । भरतपुर र भैरहवाबाट उडान सुरु भइसकेको छ अब हामीले सिमरा, नेपालगन्ज र विराटनगरमा उडान गर्ने तयारी गरिरहेका छौं । डोमेस्टिक एयरलाइन्स केन्द्रका रुपमा पोखरालाई विकास गर्न खोजिरहेका छौं । यसबारे हामीले नागरिक उड्डयन मन्त्रालयलाई पनि जानकारी गराएका छौं र यसबारे मन्त्रालय पनि सकारात्मक रहेको छ ।
पर्यटकीय क्षेत्रको संरक्षणमा के कामहरु भइरहेका छन् ?
प्रकृतिको बुद्धिमत्तापूर्ण प्रयोग गरेर प्रकृतिलाई जोगाएर हामीले यसबाट नै समृद्धि हाँसिल गर्ने हो । प्रकृतिको जथाभावी प्रयोग गरेर यसलाई बिगारेर समृद्धि हासिल हुन सक्दैन । त्यो विषयमा हामी सचेत छौं र त्यसका लागि पनि काम भइरहेको छ । यसमा सबैको सहयोगको अपेक्षा पनि गरिरहेका छौं ।
यसका लागि स्थानीय तहलाई कसरी समेट्दै हुनुहुन्छ ?
गण्डकी प्रदेशका सबै स्थानीय तहलाई दिगो विकास र योजनामा लाग्न आग्रह गरेका छौं । स्थानीय तहको क्षमता विकास र विस्तारका लागि हामी आफैं पुलको काम गरिरहेका छौं । दिगो विकास गर्न सहरीकरणका नाममा बिगार्ने काम नगरौं भनेर भनिरहेका छौं । प्राकृतिक सम्पदाको सही प्रयोग गर्न आग्रह गरिरहेका छौं ।
पर्यटन प्रहरी व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
पर्यटन प्रहरी अहिले पोखरामा मात्रै रहेको छ तर अब पहाडी क्षेत्रमा पनि यसको आवश्यकता छ । पर्यटकलाई सहयोग गर्न उनीहरुको उद्धारका लागि काम गर्न सघाउ पुग्ने छ । अन्य जिल्लाहरुमा पनि यसको व्यवस्थापनको कुरा भइरहेको छ ।
होमस्टेको भूमिका कस्तो छ ?
प्रदेशले होमस्टेकै लागि २० करोड लगानी गरेको छ । यसबाट स्थानीय स्तरमा नै रोजगारीको सिर्जना भएको छ । स्थानीयले पनि यसका लागि सहयोग गरेका छन् । होमस्टेले पूर्वाधार निर्माण, सहर र विदेश पसेकाहरुलाई गाउँमा नै फर्काउन पनि सहयोग गरेको छ । गण्डकी प्रदेशले होमस्टे दर्पण निकालेको छ । त्यसमा पनि धेरै कुराहरु छन् । होम स्टे पयर्टक आगमनका लागि महŒवपूर्ण कडी हो ।
अन्त्यमा, पर्यटन वर्ष सफल बनाउन मन्त्रालयको के अपिल रहन्छ ?
हाम्रा पाहुना नै हाम्रा भगवान् हुन् । हाम्रो समृद्धिका आधार हुन् । यसमा पत्रकार, बुद्धिजीवी र सरोकारवाला पक्षको सल्लाह सुझाव र सहयोगको अपेक्षा पनि छ । हामी नीति नियम कार्यान्वयन गर्छौ । हिजो हामीले जे ग¥यौ त्यो बाँच्न र दिन काट्नका लागि मात्र ग¥यौं । अब हामीले विकास र समृद्धिका लागि काम गर्छौ । अब सबैलाई सुखी र खुसी बनाउनका लागि काम गर्नुपर्छ । यो काममा सबै नागरिकको सक्रिय सहभागिता चाहिन्छ । सरकारले पूर्वाधार निर्माण गर्छ । पर्यटकलाई कसरी खुसी बनाउने कसरी अर्गानिक खाना खुवाउने त्यसका लागि हामी सबै तयार हुनुपर्छ । गण्डकी प्रदेशमै लगभग २५ लाख छौं हामीले २५ लाख पर्यटक भित्र्याउने भनेका छौं हामी सबैले आ–आफ्नो स्थानबाट सक्रिय सहभागिता देखाउन आवश्यक छ । सबैलाई सरकारको यो सकारात्मक काम र अभियानमा लाग्नका लागि अनुरोध गर्दछु ।

   सभार ः विजय खबरबाट

SHARE