सगुन पोष्ट/काठमाडौं : त्रिचन्द्र कलेज घण्टाघरका क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपानेलाई विद्यार्थीले कुटपिट गरेका छन् । विज्ञान स‌ंकायको शुल्क बृद्धि फिर्ता नगरेको भन्दै नेकपा निकट अनेरास्ववियूका विद्यार्थीले घेरेर न्यौपानेलाई सोमबार बिहान कुटेको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

उनलाई क्याम्पस परिसरमै विद्यार्थीले आक्रमण गरेका थिए। न्यौपानेलाई प्रहरीले उद्धार गरेर उपचारका लागी वीर अस्पतालमा लगिएको काठमाडौं प्रहरी प्रमुख एवंम् एसएसपी सुवेदीले जानकारी दिए। घटनामा संलग्न भएको आरोपमा २ जना विद्यार्थीलाई पक्राउ गरिएको उनले बताए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

SHARE