अजय पौडेल/ गैंडाकोट ,कार्तिक २९

गैंडाकोट जेसिजले धार्मिक सम्पदाको प्रबर्द्धन तथा संरक्षण गर्दै जेसिज सप्ताहका कार्यक्रमहरु सुरुवात गरेको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यका साथ ” पर्यटन बर्ष २०२० को प्रबर्द्धन तथा सम्पदा संरक्षणका निम्ति गैंडाकोट जेसिज” भन्ने मुल नाराका साथ कैलाश आश्रम गैंडाकोटमा जेसिज सप्ताह कार्यक्रम सुरु गरिएको कार्यक्रम संयोजक तथा गैंडाकोट जेसिजका उपाध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।


कार्यक्रमले स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालले बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गैंडाकोट नगरपालिकाकि उपप्रमुख बिष्णु कंडेल सापकोटा प्रमुख अतिथि रहनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले गैंडाकोट जेसिजले अन्य संघ-संस्थाले भन्दा फरक र रचनात्मक कार्यहरु गरेको भन्दै आगामी दिनहरुमा पनि गैंडाकोट जेसिजका कामहरुले नगरमा सकारात्मक प्रभाव पर्न सफल रहोस भनी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा गैंडाकोट जेसिजका पुर्ब अध्यक्ष गोकुल सापकोटाले राष्ट्रिय स्तरमा नै गैंडाकोट जेसिजको छुट्टै पहिचान रहेको भन्दै अब रास्ट्रमा नै प्रभाव पार्न सक्ने कार्य गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा गैंडाकोट वडा नम्बर १३ का वडा अध्यक्ष पदम प्रसाद पौडेलले  साबिक गैंडाकोटमा मात्र गैंडाकोट जेसिज सिमित नभई मुकुन्दपुर र अमरापुरी क्षेत्रमा पनि समाज रुपान्तरणका कार्यहरूमा लाग्न शुभकामना दिनुभयो ।

पर्यटन प्रबर्द्धन लक्षित कार्यक्रमले आश्रमको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै कैलाश आश्रमका अध्यक्ष पुन्य प्रसाद घिमिरेले गैंडाकोट जेसिजप्रती आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा गैंडाकोट जेसिजका पुर्ब अध्यक्षहरु रमेश काफ्ले,प्रमेश आचार्य,गोबिन्द कंडेल लगायतले मन्तव्य राख्नुभएको थियो । गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण गैंडाकोट जेसिजका महासचिव दया सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा जेसिजका पदाधिकारी,सदस्यहरु तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिती रहेको थियो । जेसिज सप्ताह कार्यक्रम अन्तर्गत भोलि ३० गते Leaderahip & Motivation कार्यक्रम,मङ्सिर १ गते नारायणी माबी गैंडाकोटमा सेनेटरी प्याड बितरण कार्यक्रम, २ गते क्षमता बिकास तालिम,मङ्सिर ३ गते Business Promotion कार्यक्रम,४ गते सरसफाइ कार्यक्रम,र मङ्सिर ७ गते जेसिज सप्ताह समापन कार्यक्रम तथा जेसिज भवन शिलान्यास कार्यक्रम गरिने गैंडाकोट जेसिजका अध्यक्ष भानुभक्त रिमालले जानकारी दिनुभयो ।

SHARE