गैँडाकोट, कार्तिक  । सहयात्री सामाजिक आर्थिक बिकास केन्द्र नेपाल गैंडाकोटमा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

गैडाकोट ७ को आफ्नै परिसरमा शनिवार सम्पन्न २८ औं साधारण सभा एबम १० औ अधिवेशनले भिमप्रसाद सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो

उपाध्यक्षमा लक्षमण ओझा,सचिवमा हरीप्रसाद सापकोटा ,कोषाध्यक्षमा सरस्वती घिमिरे र सदस्यमा राजेन्द्र पौडेल, मोतिलाल ढुंगाना र कृष्ण प्रसाद सापकोटालाई निर्विरोध चयन गरेको निर्वाचन समिती सयोजक बिरभद्र सापकोटाले जानकारी दिनु भयो ।

 

२८औं साधाण सभाका प्रमुख अतिथी गैंडाकोट नगरपालिका वाड न ७ का अध्यक्ष चोलानाथ उपाध्याय ले संस्थाले स्थानीय स्थरमानै रहेर काम गर्न सके संस्थाको प्रगती हुने भन्दै शुभकामना मन्तव्य ब्याक्त गर्नु भयो । त्यस्तै शुभकामना मन्तब्य हरिहर मन्दिर प्रमानन्द सन्यास आश्रमका अध्यक्ष होमनाथ सापकोटा , निर्वाचन समितिका सदस्य खगराज सापकोटा ,नारायणी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष दिननाथ त्रिपाठी हरिहर टोल बिकास संस्थाका अध्यक्ष खिमानन्द कन्डेल लगायत ले दिनुभएको थियो भने संस्थाका अध्यक्ष तारापती त्रिपाठी को अध्यक्ष्ाँतामा कार्यक्रम सम्पन्न भएको हो ।

SHARE