नेकपा गैँडाकोट ८ वार्ड कमिटिले नयाँ गठित टोल कमिटिको सपथ ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

गैडाकोट ८ मा रहेका ९ ओटा समुह अन्तर्गत रहेर टोल कमिटि गठन गरि आज सपथ ग्रहण एवम् दिपावली र छठ पर्वको अवसरमा सुभकामना आदान प्रदान गरिएको नेकपा वड सचिव बालकृष्ण रिजालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै संघिय सांसद तिलक महतले नेकपाको सरकारले ऐतिहासिक काम गर्दै समृद्धि तर्फ अगाडि बढेको बताउनु भएको छ । महत्वपुर्ण उपलव्धीका काम सरकारले थालनि गरेको र त्यसलार्ई दु्रत गतिमा काम अगाडि बढिरहेको बताउनु भयो ।

नेकपा वाड कमिटि वडा नं. ८ को आयोजनामा भएको टोल कमिटिका पदाधिकारीलाई सपथ ग्रहण कायक्रममा बाल्दै प्रमुख अतिथी समेत रहनु भएका महतले विकास निर्माणका काम देखि शिक्षा, स्वास्थ्य, खानेपानि हरेक पक्षमा सरकारले महत्वपुर्ण काम गरेको बताउदै आखा खोलर हेर्न आग्रह गर्नु भयो ।

यस्तै कार्यक्रममा प्रमुख अतिथी नेकपा जिल्ला अध्यक्ष रोशन गाहा मगरले विकास र समृद्धिको लागि सवैले आ आफ्नो ठाउबाट योगदान दिन जरुरी रहेको बताउनु भयो ।

यस्तै गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले टोल कमिटिलाई जिम्मेवार भएर काम गर्न आग्रह गनु भयो ।

कार्यक्रममा जिल्ला सचिव मित्रशरण शर्मा विहानी, प्रदेश कमिटि सदस्य धनप्रसाद सापकोटा, युवा नेता कृष्ण पौडेल, दिपक अधिकारी, कृष्ण घिमिरे, गैँडाकोट नगर कमिटि अध्यक्ष षणानन्द लामिछाने, नेपाल मुस्लिम इतिहात केन्द्रिय सदस्य सुनिता खातुन, गैडाकोट कृषि उपज संकलन तथा विक्रि केन्द्रका अध्यक्ष यदुनाथ सिग्देल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । गैडाकोट ८ का नेकपाका वाड संयोजक दुर्गाजित कुवरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण बार्ड सचिव बालकृष्ण रिजालले गर्नु भएको थियो ।

SHARE