तिलक सुवेदी / कार्तिक गैंडाकोट । गैंडाकोट समाज अष्ट्रेलियाले गैंडाकोटका क्यान्सर पिडित एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।
विदेशमा दुःख गरेर आएको कमाईबाट केही असाहय व्यक्तिलाई सहयोग गर्दै आएको समाजले गैंंडाकोट नगरपालिका ८ निवासी सुदिप कट्टेललाई १ लाख ५५ हजार ७ सय १७ रुपैंया सहयोग गरेको हो ।

बिहिबार नेपाली काँग्रेसका प्रभावशाली नेता शेखर कोईराला, नेपाली काँग्रेसका जिल्ला सभापति एवम गण्डकी प्रदेशका सांसद विष्णु लामिछाने, गैंडाकोट नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेल, महासमिति सदस्य भरत तिवारी, नेपाल तरुण दलका जिल्ला सचिव गोपाल सापकोटा, समाजसेवी रोशन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।

सो अवसरमा बोल्दै कोईरालाले नेपालमा पनि क्यान्सर रोगी बढ्दो क्रममा रहेकाले खानपानमा ध्यान दिनुपर्ने बताउनु भयो ।
नेपाली काँग्रेसका युवा नेता गोकुल सापकोटाले विदेशमा आफ्नो पसिना बगाएर पनि नेपालमा रहेकालाई सहयोगको हात बढाएकोमा गैंडाकोट समाज अष्ट्रेलियाप्रति विशेष आभार प्रकट गर्नुभएको थियो ।

गैंडाकोट समाज अष्ट्रेलियाका अध्यक्ष दिनेश अधिकारी सहित ३५ जना विभिन्न व्यक्तिको सहयोगमा सो रकम जम्मा भएको थियो ।

 

SHARE